यस छात्रवृत्ति कार्यक्रममा कुल १४५ विद्यार्थीहरु सहभागी भएका थिए । रोबोटिक ल्याबमा बनेको स्मार्ट रिद्धि सिद्धि सिमेन्ट लि. ले आयोजना गरेको यस कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता मार्फत पिप्ले रंगशालामा बृहत कार्यक्रम आयोजना गरिएको थियो । यस कार्यक्रममा मकवानपुर जिल्लाबाट एस.ई.ई परीक्षामा ४ जि.पि.ए. ल्याउनु भएकी सुश्री रतिकिा छत्कुलीलाई सम्मान स्वरूप नगद रु १०,००१/- प्रदान गरिएको थियो । साथै यस कार्यक्रममा हेटौडा उप महानगरपालकिाका उप मेयर श्री राजेश बानयिा ज्युको गरिमामय उपस्थितिमा कार्यक्रम संचालन गरएिको थियो। त्यस साथै मकवानपुर जिल्लाबाट एस.ई.ई मा उत्कृस्ट अंक ल्याउने सफल बिधालय बाल जागृति ईन्ग्लिश बॉर्दङ्गि स्कूलका प्रधान अध्यापक, सुरक्षा प्रदान गरिदिनु हुने जिल्ला प्रहरी कार्यालय मकवानपुर, शैक्षिक विज्ञं तथा जिल्ला शिक्षा ईकाई समिति, हेटौडा उप महानगरपालिका वडा नं ५ तथा सम्पूर्ण संस्थाहरुलाई हार्दिक कृतज्ञ अर्पण गर्दै प्रमाण पत्र सहित सम्मान गरिएको थियो । यसका साथै बिद्यार्थी, अभिभावक, बिद्यालयका प्रधान अध्यापक, शिक्षक बर्गहरुको उल्लेखनिय सहभागिता भएको थियो । यस छात्रवृत्तिका कार्यक्रम अन्तर्गत कम्पनीले पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा रु. ५०००/–, दोश्रो हुनेलाई रु. ३५००/–, तेश्रो हुनेलाई रु. २५००/– साथै सान्त्वना स्वरुप थप १२ विद्यार्थीलाई मासिक रुपमा रु.१५००/– एक वर्षसम्म उपलब्ध गराइने छ । उक्त कार्यक्रममा भाग लिएका विद्यार्थीहरुको नतिजा कम्पनीको आधिकारिक वेवसाईट तथा फेसबूक पेजमा प्रकाशित गरिनेछ ।